हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात संचालन

तु खबर संवाददाता
२०८० असार ९, शनिबार १७:२४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथमा पहिरो हटाई यातायात संचालनमा ल्याइएको छ ।

उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडामा अविरल वर्षाका कारण हिजो विहान पहिरो जाँदा अवरुद्ध बनेको यातायात अपराह्नबाट संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, ललितपुरको भट्टेडाँडा नजिकै प्रहरी चौकीको दक्षिणतर्फ मकवानपुरको सिमाना नजिकै पहिरो गएको थियो । पहिरोका कारण अवरुद्ध काठमाडौंबाट कान्तिलोपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको र हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको सवारी साधनहरु संचालनमा आएको हो ।

यस्तै, हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी हुँदै फाखेल, सिस्नेरी सडकखण्डमा पनि सवारीसाधन संचालनमा रहेको छ ।