समाचार

शरणार्थी प्रकरण : सरकारी वकिलको तर्फबाट जवाफी बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलको तर्फबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज...

मकवानपुरमा विषादी सेवनबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा विषादी सेवनबाट बिहीबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको बारेकोट गाउँपालिका–६ घर भई बिगत २ वर्षदेखी मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६, बस्ने राजेश चौलागाईँको घरमा घरायसी काम गर्दै आएका २० वर्षीय हिक्मत कार्की रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीका...

हेटौंडामा रोकियो बालविवाह, २० वर्ष पुगेसी विवाह गर्ने सहमति

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा एक जोडीको बालविवाह रोकिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा २५ गते विवाह हुन लागेको बालविवाह वडाको पहलमा रोकिएको हो । हेटौंडा–१० का १७ वर्षीय बालिका र १९ वर्षीय बालकबीच हुन लागेको विवाह रोकिएको हेटौंडा–१० का बालमैत्री वडा सहजकर्ता सविता विष्टले...

हेटौंडाका थापा पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टबाट प्रहरीले बुधबार लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१५, पारिश्रमिक टोल बस्ने ४० वर्षीय राम थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । थापालाई विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले २ किलो ५...

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ७ः३० बजे बैठक बस्ने भएको हो । प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ । यद्यपि बैठकका एजेण्डाबारे कुनै जानकारी दिइएको छैन ।

कोशी प्रदेशद्वारा ३६ अर्ब २४ करोडको अनुमानित बजेट सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । उक्त बजेट बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक गरेका हुन् । जसमध्ये चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८...

शरणार्थी प्रकरण : सबै प्रतिवादीको तर्फबाट बहस सकियो

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा १८ जनै प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् । प्रतिवादीको तर्फबाट बहस सकिएपछि चार जना जिल्ला सरकारी वकिलले जवाफी बहस...

पक्राउ परेका कलाकार र युट्युबरलाई हिरासतमा राख्न अनुमति

काठमाडौं । अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरलाई काठमाडौं जिल्ला अदालतल ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । पक्राउ परेका ५ जना कलाकार र ३ जना युट्युबरलाई जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति...

‘किताबखाना र प्रदेश निजामति सेवा ऐन स्थापनाले संघीयतालाई मजबुद्ध बनाउँछ’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा राष्ट्रिय किताबखाना र प्रदेश निजामती सेवा ऐन स्थापनाले संघीयतालाई मजबुद्ध बनाउने बताएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा आयोजित प्रदेश लोकसेवा आयोगबाट नियुक्त कर्मचारीहरुको वैयक्तिक विवरण (पिआईएस) वितरण कार्यको सुरुवात कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले संघीयता...

पहिरोका कारण अवरुद्ध सडकखण्डमा यातायात सुचारु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडकखण्डमा पहिरोका कारण अवरुद्ध बनेको यातायात सुचारु भएको छ । हेटौंडा–काठमाडौं कान्तिलोकपथ अन्तर्गत भट्टेडाँडामा पहिरो खस्दा अवरुद्ध बनेको यातायात आज दिउँसोबाट सुचारुमा आएको मकवानपुर प्रहरीले जनाएको छ । बुधबार साँझ परेको वर्षाको कारण सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो...