पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक

तु खबर संवाददाता
२०८० असार ८, शुक्रबार १८:०७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ ।

उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो ।

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

दिव्येश्वरीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् ।