समाचार

आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जन्मकैद

इलाम । आफ्नै १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित ७ लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले जानकारी दिए । साथै...

सहकारी देखिएका समस्या र निराकरण विषयक अन्तरक्रिया

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्यटन, उद्योग तथा सहकारी बागमती प्रदेश सहकारी विकास बोर्ड हेटौंडाको आयोजनामा मंगलबारबाट सुरु भएको अन्तरक्रिया बुधबार ९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै समापन गरिएको हो । उक्त...

भ्याटले प्याजको आयात नहुँदा बजारमा हाहाकार

काठमाडौं । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष ९आव० २०८०/८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर ९भ्याट० लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ ।...

प्रतिनिधि सभा बैठकमा आजबाट विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको भएको हो । बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा...

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही...

मकवानपुरमा बसबाट हामफाल्दा लडेर गौतम घाइते

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ बिजौनास्थ्ति बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बुधबार साँझ वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना.३ ख ७८२० नं.को बस रोक्न लाग्दा बस नरोक्दै उक्त बसमा सवार ओखलढुङ्गा मुलखर्क गाउँपालिका– ८ बस्ने २१ की...

करेन्टले लियो मकवानपुरका दुई जनाको ज्यान

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ तल्लोबिरेफाटस्थित बुधबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्थानीय अन्दाजी ६० वर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पुर्ण बहादुर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रमुख सचिव खड्का अनुसार, आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो । प्रदेश...

एनआरएनए न्युयोर्क च्याप्टरको अध्यक्ष पदमा पाण्डेको उम्मेदवारी घोषणा

न्युयोर्क ।  गैर आवसीय नेपाली संघ अमेरिका, न्युयोर्क च्याप्टरको अध्यक्ष पदमा शोभाकान्त पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । न्युयोर्कमा रही सामाजिक कार्यमा संलग्न पाण्डेले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सन् २०१९ देखि २०२१ सम्म च्याप्टरको कोषाध्यक्ष र २०२१ देखि हालसम्म उपाध्यक्षको रुपमा जिम्मेवारीमा रहेका पाण्डेले नेपालीको...

हेटौंडा–९ मा रक्तदान कार्यक्रम

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ ले बुधबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष जुन १४ मा मनाउने विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी पशुपतिनगरले जनाएको छ । जिल्ला शाखा मकवानपुरका सभापति लालबहादुर थापाको प्रमुख...