सर्पले डसेर एक युवकको मृत्यु
झापा । झापाको हल्दिबारीमा विषालु सर्पले डसेर एक युवकको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका–२, पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाँटीमा बेर्न खोजेका थिए । सोही क्रममा सर्पले उनको दुवै हातमा डसेका थिए ।
सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
ुअत्यधिक मदिरा सेवन गरेका कारण उनले सर्प समातेर घाटीमा बेर्न खोज्दा घटना घटेको र उनको शव प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
