नेप्से ११ अंकले बढ्यो

तु खबर संवाददाता
२०८० असार ११, सोमबार १५:४२

काठमाडौं । आज साता शेयर कारोबारको दोस्रो दिन नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ को विन्दुमा कायम भएको छ ।

२२९ सूचीकृत कम्पनीको आज १ करोड १९ लाख ३ हजार ६८७ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज ५ उपसूचक बाहेक सबैमा हरीयाली छाएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।