समाचार

पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ । आजको बैठकमा...

आजको मौसम : चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका...

जसपाले निर्वाचन आयोगमा बुझायो विधान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ । प्रमाणीकरण गरिएको विधानमा संघीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद पार्टीको मूल नारा हुने उल्लेख गरिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । विधानमा गैरभौगोलिक...

लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषधसहित हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत रक्सौल बस्ने ४५ वर्षीया कृष्णा देवी बानियाँ र ६५ वर्षीय छटु राम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई प्रहरी...

जंगली च्याउ खाँदा एक महिलाको गयो ज्यान

डडेल्धुरा । डडेल्धुरामा जंगली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका– २ स्थित नवनिर्मित भवनमा काम गर्ने बर्दीयाकी एक महिलाको जंगली च्याउ खाँदा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा बर्दियाको बारबर्दिया गाउँपालिका–७ बस्ने ५० वर्षीया रामदुलारी थारु रहेकी छन् । जंगली च्याउ खाएर...

सुन तस्करी प्रकरण : भन्सारका थप एक कर्मचारी निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित भएका छन् । भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । श्रेष्ठसँगै सो प्रकरणमा निलम्बनमा पर्नेको संख्या ३ जना पुगेको छ ।...

माछा मार्ने क्रममा जालमा फसेर युवकको मृत्यु

पाल्पा । पाल्पामा माछामार्ने जालमा फसेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको माछामार्ने जालमा फसेर मृत्यु भएको हो । उनको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...

कांग्रेस मकवानपुरले मनायो ४१ औं वीपी स्मृति दिवस

मकवानपुर । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्व.विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४२ औं स्मृति दिवस हेटौंडामा मनाइएको छ । नेपाली कांग्रेस मकवानपुरले शनिबार बिहान चियापान कार्यक्रमको आयोजना गरी वीपी स्मृति दिवस मनाएको हो । पार्टी कार्यालयको परिसर हेटौंडा–२ स्थित स्थापना गरिएको पूर्व प्रधानमन्त्री स्व. कोइरालाको प्रतिमामा...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु, नवलपरासी (पूर्व) र सप्तरी गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कपिलवस्तुको यशोधरा गाउँपालिका–६ पुर्निहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ८ ग्रामसहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको...