हेटौंडामा सवारी दुर्घटना हुँदा ६ जना घाइते

तु खबर संवाददाता
२०८० श्रावण १४, आईतवार १७:२१

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, तिनताप्केस्थित आज दिउँसो सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

वीरगंजबाट भैरहवातर्फ जाँदै गरेको गरेको पी ५८ भी ५३७२ नम्वरको ईन्डियन कार र विपरित दिशाबाट आउँदै गरेको बा २ ख ६३५७ नं.को हाईस गाडी एकापसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर हाईस गाडीमा सवार २ जना मध्यम, ३ जना सामान्य र कारमा सवार एक जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाइते सबैलाई उपचारको लागि हेटौंडा–११, थानाभर्याङस्थित चुरेहिल अस्पताल लगिएको छ । घाइते सबै नेपाली रहेका छन् । उनीहरुको नाम भने खुलेको छैन ।

उक्त घटनाको बारेमा  प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।