समाचार
जुम्लामा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी
सुर्खेत । जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी गरेको पाइएको छ । जिल्लाको गुठीचौर गाउँपालिका –४ का ७ वटा घरमा आगजनी भएको पाइएको जुम्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आगजनी कसले किन गर्यो भन्ने विषय अहिलेसम्म खुलेको छैन । आगजनी एउटै गाउँको घरमा नभई विभिन्न गाउँका...
मनहरीका शिक्षकलाई मासिकरुपमै तलब उपलब्ध गराइने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा तलब उपलव्ध गराउने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ देखि नै सामुदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा तलब उपलव्ध गराउने भएको हो । यसअघि त्रैमासिक रुपमा संघीय सरकारको सशर्त अनुदानबाट तलब भत्ता खाने शिक्षकहरु (दरबन्दी राहत अनुदान कोटाका...
गोली हानी युवकको हत्या
विराटनगर । सुनसरीको धरानको सडकखण्डमागोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको प्रहरीले जनाएको...
प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज इटाली जाने भएका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...
बक्सिङ संघको कार्यसमितिमा मकवानपुरका ३ जना
मकवानपुर । नेपाल बक्सिङ संघको कार्यसमितिमा मकवानपुरका तीन जना चयन भएका छन् । संघको पोखरामा सम्पन्न भएको छैठौं साधारणसभा तथा अधिवेशनबाट कार्यसमितिमा मकवानपुरका तीन जना चयन भएका हुन् । संघको कार्यसमितिको उपाध्यक्षमा मकवानपुरका सविन भट्टाचार्य, सदस्यमा सुशील घिमिरे र मिलनध्वज राना मगर चयन भएका हुन् । दुई दिनसम्म संचालन...
हेटौंडा सिमेन्ट उद्योगको उतपादन कार्य बन्द
मकवानपुर । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य आजदेखि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि आज उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए । करिब दुई हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
धादिङ । धादिङको रोराङ गाउँपालिका–३ मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकको सनाखत...
सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । ‘….निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट...
चट्याङ लागेर वडा सदस्यको मृत्यु
रोल्पा । रोल्पामा गएराति चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्ती मगरको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक घर्तीमगरलाई आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङ लागेको थियो । उक्त घटनाको बारेमा...










