भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मिति

काठमाडौं । भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ ।
भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०५ अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको छ ।
यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।