नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०८० श्रावण १४, आईतवार ११:३६
file photo

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्ड आइतबार फेरी अवरुद्ध भएको छ । आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदोसहितको पहिरो बस्दा सडक अवरुद्ध भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी हटाउने पहल गरिरहेको कार्यालयले जनाएको छ ।