ट्रेजरीमार्फत २१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

तु खबर संवाददाता
२०८० श्रावण १४,आईतवार १६:१९

काठमाडौं । सरकारले २१ अर्ब भन्दा बढी आन्तरिक ऋण उठाउने भएको छ । आगामी मंगलबार ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले २१ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।

बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो । यद्यपि, यो नयाँ ट्रेजरी नभएर पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको बैंकले जनाएको छ ।

मंगलबार अर्थात् साउन १६ गते बिक्री हुने ट्रेजरीको बोलकबोल साउन १५ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले साउन १५ गते दिउँसो ३ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।