समाचार

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुलाई आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले...

यातायात कार्यालय हेटौंडाद्वारा ३४ करोड ८९ लाख राजस्व संकलन

मकवानपुर । बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय हेटौंडाले एक वर्षको अवधिमा ३४ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तरगत पर्ने उक्त कार्यालयले गत आर्थिक वर्ष २०७९–०८० मा सवारी साधन करबाट ३४ करोड ८९ लाख ३३ हजार ९४५ रुपैयाँ राजस्व...

केशव स्थापितले त्यागे एमाले

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारी त्यागेका छन् । उनले पार्टीको नेतृत्वलाई जिम्मेवारीबाट बिदा लिने जानकारी गराएपछि सोमबार बसेको सचिवालय बैठकले उनलाई पार्टीको जिम्मेवारीबाट दिने निर्णय गरेको छ । स्थापित २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए । २०५४ सालमा एमालेबाट काठमाडौं...

मकवानपुरमा ४५ वटा बलात्कारको उजुरी, बालिकाको मात्रै ३६ वटा

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा ४५ वटा बलात्कारको आरोपमा उजुरी परेको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० को अवधिमा ४५ वटा बलात्कारको घटनामा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बलात्कारको आरोपमा उजुरी दर्ता भएकामध्ये सबैभन्दा धेरै बालिका बलात्कारसम्बन्धी रहेका छन् ।...

बागमतीको सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश मातहतमा रहेका सबै प्रादेशिक अस्पतालहरुमा विरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिएको छ । गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले साउन २८ गते आइतबार एक सूचना जारी गर्दै प्रदेशका १३ वटा प्रादेशिक अस्पतालहरुमा शय्याहरु निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको मन्त्री...

जिप दुर्घटनामा परेर ४ जनाको मृत्यु

काठमाडौं । मुगुको सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार अपराह्न जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ का एकै...

भारतको हिमाञ्चलमा पहिरोमा परेर ५० को ज्यान गयो

शिमला । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको ज्यान गएको छ । जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको छ, जसका कारण धेरै मुख्य सडकहरू बन्द भएका छन् भने कयौँ घरहरु...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा...

हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा सोमबार राति सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ चिसापानी बस्ने अन्दाजी ५३ वर्षीय बाबुराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, सोमबा राति...

ब्रेक शुमार्फत् तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम मात्रै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज जोखेको छ । सुनको तौल ६० केजी ७८९ ग्राम मापन भएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिएका छन् । ब्रेक शुबाट छुट्टाएपछिको शुन ६० केजी ७८९ ग्राम रहेको उनले बताए ।...