समाचार

माओवादी केन्द्रद्वारा प्रदेश समन्वय समिति विघटन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गरेको छ । माओवादीको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो । विगतमा गठन गरिएको केन्द्रीय प्रदेश समन्वय समिति विघटन गरिएको जानकारी सहितको सर्कुलर मातहतका कमिटीमा पठाइसकिएको छ । यस्तै प्रदेश इञ्चार्जहरुलाई अन्तर प्रदेश परिवर्तन गरिएको...

धादिङमा पहिरोको जोखिम, १५ घर खाली गराइयो

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–१ स्थित रिगाउँ पहिरोको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीय त्रसित बनेका छन् । बस्तीमाथि रहेका बारीका गरा भासिन थालेको र जमिन चिरा परेर बग्न थालेपछि स्थानीय विद्यालय समेत केही दिनको लागि बन्द गरिएको छ । सो क्षेत्रको १५ घर...

भारतमा पहिरोमा पुरिएर १६ जनाको मृत्यु

काठमाडौँ । भारतमा पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ । हिमाचल प्रदेशको सिमलामा ९ र सोलनमा ७ गरी १६ जनाको मृत्यु भएको हो । पहिरोका कारण सिमलाको समरमा रहेको शिव मन्दिरसमेत भत्किएको छ । मन्दिरको भग्नावशेषबाट ९ जनाको शव निकालिएको मुख्यमन्त्री सुखबिन्दर सिंह सुक्खुले जानकारी दिएका छन् ।...

धरानमा डेंगूका कारण ११ जनाको मृत्यु, १० हजार नाघे संक्रमित

धरान । डेंगू रोगको संक्रमणका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षदेखि ८४ वर्षसम्म उमेर समूहका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका हुन् । बाँकी १० जना धरानका हुन् । त्यस्तै धरानमा संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो केही महिनामा मात्रै...

अवरुद्ध कान्तिलोकपथमा पुनः यातायात संचालन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा पहिरो पन्छाई आज बिहानबाट पुनः यातायात संचालनमा ल्याएको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडा नजिकै टाकुर्चे र पाङ्दुर खोलामा आइतबार बिहान गएको पहिरो पन्छाई आज बिहान साढे १० बजेबाट पुनः यातायात संचालनमा ल्याइएको जिल्ला...

हेटौंडाका घलानसहित तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ३ किलोसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाणी बस्ने २९ वर्षीय भिमबहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए...

पहिरोका कारण अवरुद्ध कुलेखानी–सिस्नेरी सडकखण्ड खुल्यो

मकवानपुर । शनिबारदेखि परेको अविरल बर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको कुलेखानी–सिस्नेरी सडकखण्ड खुलेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ भालुडाँडास्थित पहिरो जाँदा अवरुद्ध बनेको उक्त सडकखण्ड आज बिहानदेखि खुलेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै...

मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकप्वाइन्ट र मनहरी गाउँपालिका वडा नम्वर ५ दरदराबाट विभिन्न मितिमा तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१५ बाट आइतबार बिहान पौने १० बजेको समयमा...

पहिरोको कारण पृथ्वी राजमार्ग फेरि अवरुद्ध

तनहुँ । पहिरोका कारण पृथ्वी राजमार्ग फेरि अवरुद्ध बनेको छ । सोमबार बिहान पौने ७ बजे तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको हो । अबिरल वर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...

उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म...