समाचार
विराटनगरमा हतियार प्रहारबाट एक जना घाइते
विराटनगर । विराटनगरमा हतियार प्रहारबाट सोमबार दिउँसो एक जना घाइते भएका छन् । विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै एक युवकमाथि तरबार प्रहार भएको हो । तरबार प्रहारबाट घाइते हुनेमा विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिम रहेका छन् । सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ...
कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन गर्छौँः प्रधानमन्त्री
काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँगकोे छलफलमा सो निर्णय तत्काल कार्यान्वयन गरिने बताए । निजी क्षेत्रका प्रतिनिधिहरुले जग्गाको कित्ताकाट नखुल्दा घर निर्माणका गतिविधि रोकिन गएको र निर्माण उद्योग प्रभावित भएको गुनासो गरेका थिए...
१०४ तहले पाए बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न अनुदान
काठमाडौं । सरकारले बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहलाई अनुदान वितरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यस्तो कार्यक्रमको लागि २ करोड ९९ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । कार्यक्रम कार्यान्वयन भने स्थानीय...
कांग्रेसद्वारा संसदको अवरोध अन्त्य गर्न एमालेलाई आग्रह
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि अवरोध भइरहेको संसद संचालन गर्न छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई आग्रह गरेको हो । बैठकले सत्तारुढ दलहरुसँगै प्रमुख...
पहिरोमा बेपत्ता पासाङ मृत अवस्थामा फेला
दोलखा । अविरल वर्षाका कारण आइतबार दिउँसो आएको भेलले बगाउँदा बेपत्ता भएका दोलखाको विगु गाउँपालिका–७ राखामका पासाङ शेर्पा मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका १२ वर्षीय पासाङ आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।...
अझै केही दिन वर्षा जारी रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वर्षा अझै केही दिन जारी रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज र भोलि बदली तथा वर्षा हुने बताए । उनले सोमबार र मंगलबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुने बताए । अहिले सुदूरपश्चिमलगायत देशका पहाडी...
बालयौन दुरुपयोग गरेको आरोपमा चाइल्ड केयर सेन्टरका संचालक पक्राउ
ललितपुर । बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले लतिलपुरबाट एक जना चाइल्ड केयर सेन्टरका संचालकलाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, दत्तसिंहले उक्त चाइल्ड केयरमा...
नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ५४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९०...
एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ । नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित एमाले सांसदहरूले उठेर नाराबाजी गरेपछि बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले संसदको कामकारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । तर पनि एमाले...
एमालेको प्रदेश अधिवेशनको मिति हेरफेर
काठमाडौँ । नेकपा एमालेको प्रदेश अधिवेशनको मिति हेरफेर भएको छ । सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको हो । बैठकले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १0७ गते गर्ने निर्णय गरेको छ भने मधेश प्रदेशमा असोज ५ र ६ गते गर्ने तयारी गरेको छ...










