कांग्रेसद्वारा संसदको अवरोध अन्त्य गर्न एमालेलाई आग्रह

तु खबर संवाददाता
२०८० श्रावण २९, सोमबार १७:२०
file-photo

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि अवरोध भइरहेको संसद संचालन गर्न छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई आग्रह गरेको हो ।

बैठकले सत्तारुढ दलहरुसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने पनि निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।