पहिरोको कारण पृथ्वी राजमार्ग फेरि अवरुद्ध

तु खबर संवाददाता
२०८० श्रावण २९, सोमबार ०८:४८
file-photo

तनहुँ । पहिरोका कारण पृथ्वी राजमार्ग फेरि अवरुद्ध बनेको छ । सोमबार बिहान पौने ७ बजे तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।

अबिरल वर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त पहिरो हटाउनका लागि स्थानीय पालिका, विपत व्यवस्थापन प्रहरी जनशक्ती र चाइनिज कम्पनीसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ ।