अवरुद्ध कान्तिलोकपथमा पुनः यातायात संचालन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा पहिरो पन्छाई आज बिहानबाट पुनः यातायात संचालनमा ल्याएको छ ।
उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडा नजिकै टाकुर्चे र पाङ्दुर खोलामा आइतबार बिहान गएको पहिरो पन्छाई आज बिहान साढे १० बजेबाट पुनः यातायात संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट हेटौंडातर्फ आउँने र हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारी साधनहरु रोकिएको थियो । उक्त सडकखण्डमा यसअघि पनि पटक–पटक पहिरो जाने गरेको थियो ।
