यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
