हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा सोमबार राति सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ चिसापानी बस्ने अन्दाजी ५३ वर्षीय बाबुराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, सोमबा राति ९ बजेको समयमा हेटौंडा– ६ बाल जागृती स्कुल अगाडि भित्री सडकखण्डमा कमानेबाट चिसापानीतर्फ जाँदै गरेको ना ४२ प.५३७२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना खनाल घाइते भएका हुन् ।
घाइते उनको हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेर उनको खुट्टामा र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उक्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
