जिप दुर्घटनामा परेर ४ जनाको मृत्यु
काठमाडौं । मुगुको सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार अपराह्न जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका–७ चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली छन् । नेपाली सोरु–५ का वडा सदस्य हुन् ।
यसैगरी, दुर्घटनामा परेर सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् ।
