आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुलाई आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले आफ्नै आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
