राजनीति/ समाज
काँग्रेस परित्याग गरी नेकपामा प्रवेश
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा केही युवाहरुले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आईतबार हेटौँडा-१२ चारघरेमा भएको पार्टी प्रवेश कार्यक्रममा त्यहाँका २३ जना युवाहरुले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दै नेकपामा प्रवेश गरेका हुन् । नेकपाका केन्द्रीय...
राप्रपा सचिवालयमा मकवानपुरका बर्तौलासहित ९ जना मनोनित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विधान बमोजिक अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा ९ जनालाई मनोनयन गरेका छन् । जसमा मकवानपुरका राजाराम बर्तौला मनोनयन भएका छन् । अन्य मनोनीत हुनेहरुमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद...
ओलीको दाबीः भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्यो, खेलमा नेपालका नेता पनि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भू–भाग समेटिएर नयाँ राजनीतिक नक्सा जारी गरेको कारण भारतले आफुलाई प्रधानमन्त्रीको पदबाट हटाउन खोजेको दाबी गरेका छन् । आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । नेपालले केही दिनअघि...
बागमती प्रदेशमा २ हजार ४ सय ५० आईसोलेशन बेर्ड थपिदै, मकवानपुरको भागमा २ सय
मकवानपुर । बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले प्रदेशमा २ हजारभन्दा बढी आइसोलेशन बेर्ड थप्ने भएको छ । समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा २ हजार ४ सय ५० वटा आइसोलेशन बेर्ड थप्ने निर्णय भएको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा...
आज नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठक बस्दै
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार (आज) बस्दैछ । काँग्रेस बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको हो । उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनको कार्य तालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल...
ओली किन बैठकमा बस्न चाहेनन् ?
काठमाडौँ । नेकपाको स्थायी कमिटी बैठकमा गत बुधबार महासचिव विष्णु पौडेलले एजेन्डा प्रस्तुत गरेपछि सदस्यहरूबाट पालैपालो विरोध भयो । एजेन्डामा चित्त नबुझाउने नेताहरूले बैठक कक्षका फरक–फरक ठाउँबाट उठेर विरोध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक स्थायी कमिटी सदस्यका अनुसार त्यस दिन असन्तुष्ट खेमाका नेताहरूको बसाइ योजनाबद्धजस्तो देखिन्थ्यो...
नेकपा स्थायी कमिटी बैठक दुई दिन पर सर्यो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक सरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार (आज) नेकपा बैठक आगामी असार १६ गतेसम्मका लागि सरेको जानकारी दिए । उनका अनुसार भोलि १३ गते मदन स्मृति दिवस र पर्सी १५ गते दही चिउरा खाने दिन परेकाले बैठक दुई...
नेताका गलामा कोरोना भगाउने कार्ड !
काठमाडौँ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए । पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद...
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली किन उपस्थित भएनन ?
काठमाडौं । सत्तारूढ दल नेकपाको स्थायी कमिटीको चालु बैठकमा बोल्ने नेताहरूले मिचिएको भूमि फिर्ता गर्न सरकारले थालेको प्रयास प्रशंसनीय भएको भन्दै भारतसँग प्रभावकारी वार्ता गरी अतिक्रमित भूमि फिर्ताका लागि पहल गर्न सरकारलाई सुझाव दिएका छन् । सरकारले भने भारतीय पक्षसँग वार्ताका लागि पटक पटक प्रयास गरेको भए पनि भारतीय...
आज नेकपा स्थायी कमिटी बैठकः ओलीविनै सकियो सीमा विवादबारे छलफल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शुक्रबार बसेको स्थायी कमिटी बैठक सकिएको छ । नेकपा स्थायी कमिटीको आज बसेको बैठक प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थित विनै सकिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अध्यक्ष ओली अनुपस्थित थिए । बैठकमा अर्का अध्यक्ष पुष्पकमल...









