काँग्रेस बागमतीद्वारा बाढीपहिरोबाट प्रभावित ८० परिवारलाई आर्थिक सहयोग

तु खबर संवाददाता
२०७७ श्रावण १, बिहीबार १३:२३

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।

बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढीपहिरो पीडित ८० परिवारलाई आर्थिक सहयोग गरेको हो ।

काँग्रेसले भोटेकोशी गाउँपालिकाका घरवारविहिन ८० परिवारलाइ प्रतिपरिवार ५ हजार रुपैंयाका दरले ४ लाख रुपैंया प्रभावित क्षेत्रमा वितरण गरेको छ ।

त्यस्तै, काठमाडौंको ह्याम्स अस्पताल पुगेर ३ जना मृतकका परिवारलाई नगद १० हजार रुपैंयाँका दरले र ७ जना घाइतेलाई पनि १० हजार रुपैंयाका दरले १ लाख रुपैंया वितरण गरेको संसदीय दलका सचिव निमा लामाले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोकका सांसद लामासहितले राहत वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*