ओली र प्रचण्ड बिचको वार्ता: आज सकियो, भोलि फेरी बस्ने
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच मंगलवार (आज) भएको वार्ता सकिएको छ ।
दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता भोलि फेरी हुने गरी सकिएको हो ।
मंगलबार दुई अध्यक्षबीच करिब एक घण्टा वार्ता भएका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
स्रोतका अनुसार मंगलबारको ओली–प्रचण्ड वार्ता विगतकै निरन्तरताका रुपमा मात्रै रहेको बुझिएको छ ।
नेकपाका सांसदहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग गरिरहेको छ । तर, ओलीले भने आफुले कुनै पनि पद नछोड्ने अडान लिएका छन् ।
