राजनीति/ समाज

अधिवक्ता स्वागत नेपालसहित सबै जना रिहा

काठमाडौँ । असार १५ गते नेपाल प्रहरीले पक्राउ गरेका स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपालसहित सबै १२ जनालाई रिहा गर्न सर्वोच्च अदालतले हिजो आदेश दिएपछि उनीहरु सबै जना रिहा भएका छन् । एमसीसीलगायतका राष्ट्रघाती सम्झौताहरुको विरोध गर्ने क्रममा असार १५ गते माइतीघर मण्डला तर्फ जाने क्रममा उनीहरुलाई प्रहरीले...

यस्तो छ संसदभित्रको अंकगणित

नेकपाभित्रको विवादले पार्टी विभाजनतर्फ जाने खतरा बढ्दै जाँदा नयाँ प्रधानमन्त्री बनाउन संसद्को गणितीय हिसाबकिताब गर्न थालिएको छ। प्रधामन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्षले पार्टी विभाजनको मोड लिएमा सो दलका सांसद कसरी बाँडिन्छन्, सरकार पनि त्यसै अनुरुपको बन्नेछ। तत्काल प्रधानमन्त्रीको निर्वाचन भएमा दुई...

नेकपामा शक्ति संघर्षको बटमलाइन : जेठ २ मा फर्किने कि मंसिर ४ मा ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्ष २०७६ मंसिर ४ को सहमति कार्यान्वयन गर्ने कि पार्टी एकताताका २०७५ जेठ २ मा भएको सहमतिमा फर्किने भन्नेमा अड्किएको छ । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने तर एकताबद्ध भएर जान चाहे...

बागमती प्रदेश सभाको बैठकबाट २ वटा विधेयक पारित

मकवानपुर । बागमती प्रदेश सभाको आज शुक्रबार बसेको बैठकले २ वटा विधेयक पारित गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष ०७७/७८ को लागि प्रस्तुत गरिएको विनियोजन विधेयक २०७७ र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको हो ।...

बागमती प्रदेश सभाको बैठक आज पनि जारी, विनियोजित विधेयकमाथि छलफल

मकवानपुर । बागमती प्रदेश सभाकोे बैठक आज बिहिबार पनि जारी छ । आज बस्ने प्रदेश सभाको बैठकमा विनियोजित विधेयक २०७७ माथि छलफल हुनेछ । बैठकमा प्रदेशसभाका सदस्यहरुले गरेको प्रश्नको प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलालले जवाफ दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ...

ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने !

काठमाडौं । जारी स्थायी कमिटी बैठककै क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चरम अन्तरविरोध बढेको छ । गत आइतबार एक कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखेल भएको अभिव्यक्ति दिएसँगै पार्टीभित्र अन्तरविरोध चुलिएको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिकै विषयमा नेकपाको स्थायी समितिको मंगलबारको बैठकमा नेताहरुबीच...

दुर्घटनामा परी खुट्टा गुमाएका मकवानपुरका चेपाङलाई काँग्रेस बागमती संसदीय दलको आर्थिक सहयोग

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले दुर्घटनामा परी घाइते भएका मकवानपुरका एक चेपाङ युवकलाई आर्थिक सहयोग गरेको छ । काँग्रेस बागमती दलले मोटरसाइकल दुर्घटनामा परी बायाँ खुट्टा गुमाएका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ गौथलीटारका जितन चेपाङलाई २५ हजार रुपैंया नगद सहयोग गरेको हो । ती युवकको...

संघीय संसदको बजेट अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन अन्त्य भएको छ । अधिवेशन बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरेकी हुन् । यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी...

बागमती प्रदेश–नेकपा संसदीय दलको बैठक जारी, बजेटमाथि छलफल गरिँदै

मकवानपुर । नेकपा संसदीय दल बागमती प्रदेशको बैठक अहिले संचालन भइरहेको छ । बैठकमा राष्ट्रिय राजनीतिमा आएको संकटको विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बागमती प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार, बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि सार्वजनिक गरेको...

बिनियोजन विधेयकमा गम्भीर त्रुटी, बागमती प्रदेशको बजेट मेचीदेखि महाकालीसम्म

मकवानपुर । बागमती प्रदेश सरकारले पेश गरेको विनियोजन विधेयक २०७७ मा गम्भीर त्रुटी रहेको तथ्य तु खबरले फेला पारेको छ । प्रदेशसभामा असार १६ गते पेश गरिएको विनियोजन विधेयकमा समाजिक विकास मन्त्रालय तर्फको बजेटमा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई मेची, महाकाली, सेती, धौलागिरी, पर्वत, जनकपुर, लुम्बिनी र दैलेखका अस्तापतालमा पनि...