राजनीति/ समाज

ओली समर्थक युवा तथा विद्यार्थीहरुले गरे हेटौंडामा प्रर्दशन

मकवानपुर । प्रधानमन्त्री ओलीको समर्थनमा हेटौँडामा युवा र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीको नेतृत्वको सरकार यथावत रहनुपर्ने उनीहरुको माग छ । भारतको इसारामा नेकपाभित्रैबाट प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको भन्दै उनीहरुले शीर्ष नेताहरुलाई मिलेर अघि बढ्न सुझाव दिएका छन् । युवा तथा विद्यार्थीहरुले बुद्धचोकबाट हेडम्बीचोक, पल्पसा रोड,...

सोमबारको लागि तय भएको नेकपा स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं । आज सोमबारको लागि तय भएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी आज तय भएको बैठक स्थगित गरिएको हो । यसअघि पनि दुई दिनसम्म स्थायीकमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक...

सत्ता साझेदारी हल्ला मात्रै : कांग्रेस

काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको किचलो र सत्ता संकट बढेसँगै सो विषयले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत तताएको छ । कांग्रेसले आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र नागरिकतासम्बन्धी विधेयकको विषयलाई छलफलको एजेन्डा बनाएको भए पनि सत्तारूढ दलभित्रको किचलोमा नै बैठक केन्द्रित भएको हो...

नेकपाभित्रको विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन्। भेटबारे नेपालको सचिवालयले पुष्टि गरेको छ। तर कुराकानी के भए भन्नेबारे बताइएको छैन। नेकपामा...

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री) माथि थ्रेट देखेका...

ओली र दाहालबीच अझै रस्साकस्सी

काठमाडौं । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो । प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु...

बालुवाटारमा भएको नेकपा वार्ता सकियो : निस्किएन निष्कर्ष, भोलि फेरी बस्ने

काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच आइतबार भएको वार्ता कुनै पनि ठोस निर्णय नभइ सकिएको छ । आइतबार भएको वार्तामा सबै विषयमा छलफल भएपनि कुनै पनि निर्णय नभइ भोलि सोमबार पुनः वार्ता गर्ने गरी आजको वार्ता सकिएको बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार, सोमबार...

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने– ‘मलाई साथ नदिने जति जानुस् ’

काठमाडौं । आफूलाई हटाउन बहुमत–अल्पमतको जोड घटाउ तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सबै मन्त्रीलाई बालुवाटार डाकेर सोधे, ‘तपाईंमध्ये को-को मेरो नेतृत्वमा विश्वास गर्नुहुन्छ ? को–को गर्नुहुन्न ?अहिल्यै जवाफ दिइरहनु पर्दैन। मैले सोधेको बेला भने हुन्छ। तर, मेरो नेतृत्वमा विश्वास नगर्नेले जहाँ मन लाग्छ, जानुहोला।’ अध्यक्ष र...

फुटनजिक नेकपा

काठमाडौं । दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दै अब कुन कित्तामा उभिने हो भनेर स्पष्ट...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता जारी, साँझ ७ बजेका लागि मन्त्रीहरुलाई पनि बोलाइयो

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गर्न मन्त्रीहरुलाई बालुवाटर बोलाएका छन् । नेकपाभित्र तीब्र विवाद भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरुलाई बोलाइएको विषयलाई चासोका साथ हेरिएको छ । अहिले प्रधानमन्त्री ओली भने भेट वार्ताको लागि राष्ट्रिपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि...