राजनीति/ समाज

वामदेवको आरोपः प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न सकेनन् 

नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष नेताहरुबीच जारी ब्रिफिङमा गौतमले कार्यकारी भूमिकामा प्रचण्ड खरो उत्रन नसकेको बताएका हुन् । उनले खुमलटार बैठकमा...

ओली र दाहाल आ–आफ्नै रणनीतिमा

काठमाडौँ । सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगित गर्दै आएका नेकपाका दुई पक्ष सम्बन्ध झन् बिग्रिएपछि आ–आफ्नो रणनीतिमा लागेका छन् । मंगलबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक बस्ने–नबस्ने टुंगो बिहान अध्यक्षद्वयबीचमा हुने छलफलले टुंगो लगाउने भए पनि यो साता आपसीभन्दा आ–आफ्नो टिम बलियो बनाउने ध्याउन्नमा दुवै पक्ष लागे ।...

१४ औं महाधिवेशनः कांग्रेसमा तीन गुट, आठ आकांक्षी

काठमाडौं । आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ । कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्वतयारीलाई...

सरिता गिरीको ठाउँमा सांसद बनिन् सिटौला

काठमाडौं । लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो । पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस–आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेपालमा निसान छाप परिवर्तन...

ओली र दाहालबीच झन् दूरी : बन्‍न लागेको सहमति कसरी भत्कियो ?

काठमाडौँ । स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष पुष्पकमल दाहाल पछि हटेर मिलनबिन्दु खोज्ने समझदारी बनेको थियो ।...

काँग्रेस नेता न्यौपानेले गरे घरको जस्ता र खानेपानी आयोजना मर्मतका लागि नगद सहयोग

मकवानपुर । काँग्रेस नेता शंकर न्यौपानेले एउटा घरको लागि जस्ता र वर्षाले बिगारेको खानेपानी आयोजना मर्मतका लागि नगद सहयोग गरेका छन् । आर्थिक अभावमा रहेका मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयाका नवराज खतिवडाको घर छाउनका लागि नगद २१ हजार र मनहरी–५ मा बसन्तपुरमा रहेको बाउन्नेखोला खानेपानी उपभोक्ता समितिलाई मर्मत...

प्रमुख सचिव रायाको बिदाई

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा भएका प्रमुख सचिव तोयम रायाको विदाई गरेका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर सचिव रायाको विदाई गरेका हुन् । बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिव रायाको कार्यकालको प्रसंशा गरेका...

मुख्यमन्त्री पौडेलद्वारा प्रदेशभित्रका ३२ वटा पक्की पुल उद्घाटन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज हेटौंडामा आयोजित एक कार्यक्रमबीच प्रदेशको १३ वटै जिल्लामा निर्माण गरिएको ३२ वटा पक्की पुलको उद्घाटन गरेका छन् । मुख्यमन्त्री पौडेलले बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय मकवानपुरद्वारा आयोजित एक कार्यक्रमबीच मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १०, दुबो पुलसहित प्रदेशको विभिन्न स्थानमा निर्माण...

बागमती प्रदेशको प्रमुख सचिवमा मानबहादुर बिक आउने

मकवानपुर । बागमती प्रदेशको प्रमुख सचिवमा डा.मानबहादुर बिक आउने भएका छन् । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले ३ सचिवको सरुवा र २ नयाँ सचिवको पदस्थापन गरेको थियो । सोही अनुसार, बिक बागमती प्रदेशको प्रमख सचिवमा सरुवा भएर भएका हुन् । बिक मकवानपुर पुर्व प्रमुख जिल्ला अधिकारी समेत हुन् ।...

कम्युनिष्ट नेता बर्मन बुढाको निधन

काठमाडौं । पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । नेता बुढाको ९० वर्षको उमेरमा  बुधबार बिहान निधन भएको हो । क्यान्सरबाट पीडित उनको पाटन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माओवादी जनयुद्धको उद्गम थलोका रूपमा लिइने रोल्पा थबाङका पुराना कम्युनिस्ट नेता बुढा नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज...