राजनीति/ समाज
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गतेसम्मको लागि स्थगित भएको हो । बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम...
विप्लव समूहका जिल्ला ईन्चार्ज थापा पक्राउ
दाङ । प्रतिबन्धित विप्लव समूहका रोल्पा जिल्ला इन्चार्ज कमल थापा (बिजुली) पक्राउ परेका छन्। ४२ वर्षीय थापा शुक्रबार दिउँसो सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ गजुलस्थित घरबाटै पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेको हो । विप्लव समुहको राप्ती ब्यूरो सदस्य समेत रहेका थापालाई आइतबार म्याद...
नेकपा सचिवालय बैठक बस्दै
मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने छ । गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...
सिन्धुपाल्चोकका बाढिपहिरो पीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितको घर निर्माण गरिदिने भएको छ । शुक्रबार बसेको विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितका लागि घर निर्माण गरिदिने निर्णय गरेको हो । सिन्धुपाल्चोकका बाढिपहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ...
नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । नेकपाले शनिबार दिउँसो ३ बजेको लागि सचिवालय बैठक बोलाएको हो । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो । त्यस्तै, शुक्रबार बस्ने भनिएको स्थायी कमिटी...
नेकपा स्थायी कमिटी बैठक ४ गतेसम्मका लागि स्थगित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । नेकपा स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको हो । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलको लागि समय नपुगेको भन्दै दिउँसो ३ बजेसम्मका लागि...
नेकपा स्थायी कमिटी बैठक केही घण्टा पर सर्यो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही घण्टा पर सरेको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेको लागि सरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु ११ बजे नै पुगेका थिए । तर,...
निष्कर्ष बिनै टुंगियो ओली–प्रचण्डको छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आज बिहिबार भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ । दुई अध्यक्षको छलफलमा निष्कर्ष बिनै टुंगिएको नेकपास्रोतले बतायो । आजको छलफलमा पार्टीका वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई...
काँग्रेस बागमतीद्वारा बाढीपहिरोबाट प्रभावित ८० परिवारलाई आर्थिक सहयोग
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढीपहिरो पीडित ८० परिवारलाई आर्थिक सहयोग गरेको हो । काँग्रेसले भोटेकोशी गाउँपालिकाका घरवारविहिन ८० परिवारलाइ...
ओली र प्रचण्ड बिचको वार्ता: आज सकियो, भोलि फेरी बस्ने
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच मंगलवार (आज) भएको वार्ता सकिएको छ । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता भोलि फेरी हुने गरी सकिएको हो । मंगलबार दुई अध्यक्षबीच करिब एक घण्टा वार्ता भएका...







