भीमफेदीमा नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको नविकरण तथा भेला सम्पन्न
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ मा नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको नविकरण तथा भेला सम्पन्न भएको छ ।
कार्यक्रम काँग्रेस भीमफेदी–४ का सभापति ओमबहादुर थापाको अध्यक्षता तथा काँग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति यतिराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोमलाल दोङ, भीमफेदी गाउँपालिका सभापति सञ्जीव श्रेष्ठ, कोषाध्यक्ष गोरीमाया लामा, काँग्रेस नेता नारायण श्रेष्ठ, नेपाल विद्यार्थी संघका जिल्ला नेता मिलन पुडासैनी, पार्टी नेताहरु सोठासिं स्याङ्तान, तरुण नेता रमेशकुमार थिङ, निरज राणा, सनित लामा, साधुराम थापालगायतको आतिथ्यता रहेको थियो ।
भीमफेदी–४ निबुवाटारमा भएको भेलामा विभिन्न पार्टी परित्याग गरी ८० जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
