बागमती प्रदेशको प्रमुख सचिवमा मानबहादुर बिक आउने
मकवानपुर । बागमती प्रदेशको प्रमुख सचिवमा डा.मानबहादुर बिक आउने भएका छन् । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले ३ सचिवको सरुवा र २ नयाँ सचिवको पदस्थापन गरेको थियो ।
सोही अनुसार, बिक बागमती प्रदेशको प्रमख सचिवमा सरुवा भएर भएका हुन् । बिक मकवानपुर पुर्व प्रमुख जिल्ला अधिकारी समेत हुन् ।
बैठकले बागमती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।
त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
त्यस्तै, केही दिन अघि बढुवा गरेका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
