राजनीति/ समाज

नेकपामा कडा शक्ति–संघर्ष

काठमाडौं । सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत ओलीलाई जसरी पनि राजीनामा गराउने गृहकार्यमा उसरी...

हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व छ– मन्त्री फुयाँल

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व रहेको बताएका छन् । मन्त्री फुयाँलले सुरुङको निर्माणपछि ढुवानी तथा मोटरपार्टसमा वर्षौदेखि भइरहेको अर्बौं रुपैयाँ बराबरको खर्च रोकिने उल्लेख गरे । उनले यस मार्गले देशकै सबैभन्दा ठूलो भन्सार...

सांसद छन्त्यालको निधनप्रति काँग्रेस बागमती प्रदेशद्वारा दुःख व्यक्त

मकवानपुर । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस नेतृ ज्ञानकुमारी छन्त्यालको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका सचिव निमा लामाद्वारा शोक विज्ञप्ति जारी गर्दै नेतृ छन्त्यालको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको जनाइन् । विज्ञप्तिमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै...

काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं । नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । सांसद छन्त्यालको आज बुधबार बिहान निधन भएको हो । मुटुको समस्या भएका उनको शहिद गंगालाल ह्दयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । मुटुमा सस्मया आएपछि अघिल्लो आइतबार उनको मुटुको शल्ययक्रिया गरिएको थियो । उनी समुदायबाट नेपाली कांग्रेसका...

निर्वाचन आयोगमा कसले दर्ता गर्यो ‘नेकपा एमाले’ ?

काठमाडौं । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर दर्ता भएपछि नेकपा एमाले नामको दल हाल आयोगमा दर्ता छैन । आयोगका...

नेकपामा चरम कलह

काठमाडौं । सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’ प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा...

बागमती प्रदेशका सबै जिल्लामा कोरोना अस्पताल स्थापना गर्न बजेटले प्राथकिता दिनुपर्ने सांसदको माग

मकवानपुर । बागमती प्रदेश सभाको बैठकमा सत्तापक्षका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रदेशको १३ वटै जिल्लामा सुविधायुक्त आइसोलेशन कक्ष, क्वारेन्टाइन र भेन्टिलेटरसहितको अस्पताल स्थापना गर्न विनियोजित बजेटले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । बागमती प्रदेश सभाको मंगलबार बसेको बैठकमा गत असार १ गते सरकारको तर्फबाट...

नेकपा शीर्ष नेताहरुले मागे प्रधानमन्त्रीको स्पष्टीकरणः कसले हटाउन खोज्यो पदबाट ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसले पदबाट हटाउन खोज्यो भन्दै स्पष्टीकरण मागेका छन् । मंगलबारको बसेको स्थायी समितिको बैठकमा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई पदबाट हटाउन खोज्यो भन्दै...

स्वागत नेपालसहित १२ जनालाई मुद्धा लगाउने तयारी

काठमाडौँ । स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपालमाथि प्रहरीले अभद्र व्यवहार अन्तर्गत मुद्धा चलाउने तयारी गरेको छ । उनीसँगै यो मुक्तामा १२ जनालाई आरोपी बनाइदैछ । भ्रष्ट्राचार,घुसखोरी र सिमा अतिक्रमण लगायतका विरुद्धमा स्वागत नेपाल नेतृत्वको अभियानले बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको थियो । सडकमा शरीरबाट रगत बगाउने कार्यक्रमको आयोजना...

बागमती प्रदेशसभाको बैठक आधा घण्टाको लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । सोमबार दिउँसो ३ बजे सुरु भएको बैठक नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले प्रदेश सरकारको कोरोना नियन्त्रण तथा रोगथामको लागि खर्च भएको हिसाब सार्वजनिक गर्न माग गरेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको...