गुल्मीकी सांसद सुवर्ण ज्वारचनद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तु खबर संवाददाता
२०७७ श्रावण ४, आईतवार १५:०४

काठमाडौं । गुल्मीकी साँसद सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको शपथ लिएकी छन् । ज्वारचनले नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसदको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

उनलाई आज दिनको २ बजे संघीय संसद् सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट बाग्लुङबाट प्रतितिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको गत १७ असारमा निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।

सो रिक्त स्थानमा कांग्रेसबाट ज्वारचन नयाँ सांसद बनेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*