सिन्धुपाल्चोकका बाढिपहिरो पीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने

तु खबर संवाददाता
२०७७ श्रावण २, शुक्रबार १९:०६

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितको घर निर्माण गरिदिने भएको छ । शुक्रबार बसेको विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितका लागि घर निर्माण गरिदिने निर्णय गरेको हो ।

सिन्धुपाल्चोकका बाढिपहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ । समितिका अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउन लागेको हो ।

समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।

सो रकमबाट स्थानीय तहले कार्यबिधि अनुसार राहत, घाईतेको उपचार, पुनस्थापनालगायतका काम गर्न सक्नेछ ।

यस्तै, यस अघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराईने समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*