नेकपा स्थायी कमिटी बैठक ४ गतेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०७७ श्रावण २, शुक्रबार १३:५८
file photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । नेकपा स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको हो ।

शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलको लागि समय नपुगेको भन्दै दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।

तर, दिउँसो ३ बजेको लागि सारिएको बैठक पनि आन्तरिक तयारी नपुगेको भन्दै आइतबार ४ बजेसम्मका लागि  स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपा स्थायी कमिटी बैठक गत असार १८ गतेदेखि बस्न सकेको छैन । नेकपाभित्र देखिएको विवाद समाधान नभएपछि स्थायी कमिटी बैठक पटकपटक स्थगित भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*