वामदेवको आरोपः प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न सकेनन्
नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् ।
बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष नेताहरुबीच जारी ब्रिफिङमा गौतमले कार्यकारी भूमिकामा प्रचण्ड खरो उत्रन नसकेको बताएका हुन् ।
उनले खुमलटार बैठकमा आफुले पटक पटक केपी ओलीको राजीनामा नमाग्न भनेपनि सुनुवाई नभएपछि राजीनामा माग्न हुन्न भन्नलाई मात्र आफु बालुवाटार आएको बताएका छन् ।
स्थायी कमिटी बैठक अन्योल भएपछि बालुवाटारमा भेला भएका नेताबीच उनले भने, ‘खुमलटारमा पनि केपीको राजीनामा नमागौ भनेको हुँ मैले, अहिले म यो भेलामा यति मात्रै भन्न आएको हुँ ।’
उपस्थित नेताबीच उनले प्रचण्डले पनि कार्यकारी रूपमा आफूलाई प्रस्तुत नगरेको गुनासो गर्दै थपे, ‘ गत ४ मंसिरको सचिवालय बैठकका निर्णय गर्न मैले धेरै योगदान गरेको छु । केपी ओली ५ वर्ष नै प्रधानमन्त्री र प्रचण्डलाई कार्यकारी अध्यक्ष यो कार्यान्वयन गर्दा ठीक हुन्छ ।’
स्रोतः शिलापत्रबाट
