बागमती प्रदेश सभा– दुई वटा विधेयक पारित

तु खबर संवाददाता
२०७७ श्रावण ५, सोमबार १९:२२

मकवानपुर । बागमती प्रदेश सभाको आज सोमवार बसेको दोस्रो बैठकले दुई वटा विधेयक पारित गरेको छ । आज अपराह्न बसेको दोस्रो बैठकले केही प्रदेश ऐनलाई सशोधन गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७७ लाई सर्वसमतिले पारित गरेको हो ।

उक्त बैठकमा प्रदेशको आर्थिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलको तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण कुमार नेपालले प्रदेशमा आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरियोस् भनि बैठकमा प्रस्ताब प्रस्तुत गरेका थिए ।

उक्त बैठकमा भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले प्रदेशमा सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण कुमार नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनि  प्रस्ताब गरेका थिए ।

उक्त बैठकमा केही प्रदेश ऐनलाई सशोधन गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई थप संशोधन गर्न आवश्यकता छ भनि प्रदेशसभा सदस्यहरु रमेश पौडेल, नरोत्तम वैद्य, निमा लामा, विजया केसी श्रेष्ठ, रजनी अमात्य जोन्छेले राख्नुभएको प्रस्ताव सो बैठकबाट बहुमतले अस्वीकृत गरेको छ ।

बागमती प्रदेश सभाको आजै बसेको पहिलो बैठकमा प्रदेश भित्रको सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमतिबाट पारित गरेकोे थियो ।

योसँगै बागमती प्रदेश सभाको आज बसेको बैठकमा ३ वटा विधेयक पारित भएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रदेशसभाको अर्को बैठक भोलि साउन ६ गते मंगलवार दिउँसो २ बजेको लागि बोलाएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*