निष्कर्ष बिनै टुंगियो ओली–प्रचण्डको छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आज बिहिबार भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ । दुई अध्यक्षको छलफलमा निष्कर्ष बिनै टुंगिएको नेकपास्रोतले बतायो ।
आजको छलफलमा पार्टीका वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई पनि सहभागी गराएका थिए । यसअघि एक्लाएक्लै भेट्दै आएका ओली र प्रचण्डले आज भने वरिष्ठ नेता नेपाल र महासचिव पौडेललाई पनि सहभागी गराएका हुन् ।
नेकपा सचिवालयको शुक्रबार तय भएको स्थायी समिति बैठक नरोक्किने भएको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिए ।
गत असार १८ गतेदेखि नेकपा स्थायी समिति बैठक बस्ने सकेको छैन।
