नेकपा मकवानपुरकी नेतृ बालकुमारी थापाको निधन
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी नेतृ बालकुमारी थापाको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ घर भएकी थापाको ७४ वर्षको उमेरमा गएराति निधन भएको हो ।
पार्टीकी आमाको नाममा परिचित थापालाई मुटुको समस्या थियो । मकवानपुरे कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा रहेकी महिला नेतृ भएको कारण उनलाई तत्कालिन नेकपा एमालेले “पार्टीकी आमा”को रुपमा संवोधन गर्ने गरेको थियो ।
थापाको श्रीमान र ३ छोरा रहेका छन् ।
