राजनीति/ समाज
नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनालले भोलि सोमबार बिहान साढे ९ बजेका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिए । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने स्रोतले बतायो ।
मकवानपुरका केही क्षेत्रमा भदौ ९ गतेसम्म निषेधाज्ञा
मकवानपुर । जिल्ला सुरक्षा समिति मकवानपुरले आउँदो भदौ ९ गते १२ बजेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिकामा पर्ने पूर्व पश्चिम राजमार्ग आसपासमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । आज बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिले भदौ ९ गते राति १२...
ओली–दाहाल छलफल समाधान उन्मुख
काठमाडौं । सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गहन छलफल थालेका छन् । ओलीले बुधबार एक अन्तर्वार्तामा नेकपामा देखिएको संकट पाँच दिनभित्रै समाधान हुने र त्यसका लागि बिहीबारदेखि नै काउन्टडाउन थाल्न आग्रह...
बागमतीका १ सय १९ स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँड, मकवानपुरमा २० करोड
मकवानपुर । बागमती प्रदेश सरकारले १ सय १९ स्थानीय तहलाई सवारीसाधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ बाँडफाँड गरेको छ । प्रदेशका स्थानीय तहहरूले गत आव २०७६-७७ मा सवारी साधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ प्राप्त गरेका हुन् । १ साउन २०७६ देखि २५ असार २०७७ सम्म प्रदेशका...
नेकपा विवाद सोमबारभित्र वारपार हुन्छ – प्रधानमन्त्री ओली
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबारभित्र नेकपा विवाद वारपार हुने बताएका छन् । एपी–वान टेलिभिजनबाट बुधबार राति प्रसारित ‘द ब्राभो डेल्टा शो ’ मा पत्रकार भूषण दाहाललाई दिएको अन्तरवार्तामा उनले नेकपामा जारी गतिरोध पाँच दिनभित्र अन्त्य हुने बताएका हुन् । हाल खिचातानीकाबीच बढिरहेको...
कार्यकर्ता रिझाउन पद बाँड्दै देउवा
काठमाडौँ । पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गरेका छन् । उनले आइतबार राति ११ बजे १० र सोमबार अपराह्न थप ५ विभाग गठन गरेका हुन् । महाधिवेशनको मुखमा कार्यकर्ता रिझाउन विभागहरू गठन गरिएको भन्दै वरिष्ठ...
बागमती प्रदेश सरकारले विपदमा परेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बागमती प्रदेश विपद व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रदेशको ८ वटा गाउँपालिका र १ वटा नगरपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा...
नेकपा नफुटाउन जुटे सांसद
काठमाडौं । शीर्ष नेतृत्वका कारण पार्टी विभाजनको डिलमा पुगेको भन्दै नेकपाका ६१ सांसदले कुनै गुटमा नलाग्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललाई एकताकै पक्षमा उभिन आग्रह गरेका छन्। ‘नेकपाको शीर्ष नेतृत्व तहमा देखा परेको गम्भीर अन्तरविरोधले एकातिर आम नेपाली जनता,...
महाधिवेशन सार्दै काँग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको...
कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि बिहिवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको...









