राजनीति/ समाज

‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा इन्चार्ज पक्राउ

बुटवल । विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट विफोस्टक पदार्थ र पार्टीको दस्तावेज बरामद गरेको छ...

कोरोना संक्रमणबाट वडाध्यक्ष मोक्तानको मृत्यु

जनकपुर । धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको मृत्यु भएको छ । संक्रमणबाट धनुषा धाम नगरपालिका ६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको मृत्यु भएको हो । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएको...

संसद् विधेयक अधिवेशनः स्वास्थ्य मापदण्ड चुनौती

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद्को हिउँदे अधिवेशनको तयारी शुरु गरेको छ । कोभिड–१९– सङ्क्रमण बढिरहेकै बेला संवैधानिक बाध्यताका कारण सचिवालयले अधिवेशनको तयारी थालेको हो । एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थानुसार आगामी पुस १७ भित्रै अधिवेशन शुरु गर्न तयारीमा आफूहरु जुटेको महासचिव...

नेकपाको कलहः यसरी मोडियो विग्रहको बाटो

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार साँझ ६ बजेतिर मन्त्रीहरू घनश्याम भुसाल र योगेश भट्टराईलाई आफ्नो निवास कोटेश्वर बोलाए । उनीहरूलाई बोलाउनुको मुख्य उद्देश्य थियो, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आएको प्रस्तावमाथि छलफल गर्नु । ओलीले बुधबारका लागि बोलाइएको पार्टी सचिवालय बैठक सात दिनसम्म रोक्नुपर्ने र सात दिनपछि आफ्नो...

अनि गए ओली बैठकमा

काठमाडौं राजनीतिक सरगर्मी बुधबार बिहानसम्म यस्तो थियो, सत्तासीन दल नेकपा अब विभाजनतिर गयो। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ पार्टी सचिवालयको बैठककै समयसँग ‘जुधाएर’ मन्त्रिपरिषद् बैठक बोलाइएको सूचना मन्त्रीकहाँ पठाएका थिए। तर, बुधबार बिहानै प्रधानमन्त्री ओलीलाई उनीनिकट नेता उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र संसदीय...

नेकपा सचिवालय बैठक सकियो, फेरि १० दिनपछि बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनपछि बस्ने गरी सकिएको छ । आज बसेको बैठक १० दिनपछि पुनः बस्ने गरी सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्को बैठकमा जवाफी प्रस्ताव प्रस्तुत गर्ने र...

आज नेकपा सचिवालय बैठक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बैठक आज बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक प्रतिक्रिया आएकाले बैठक नबस्ने सम्भावना पनि त्यत्तिकै रहेको राजनीतिक वृत्तमा चर्चा छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक सार्न खोजेको बुझिएको छ भने...

नेकपा सचिवालयको बैठक सार्न ओली पक्षको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षसँग प्रस्ताव गरेको छ । कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री...

नेकपा नेता खड्काको निधन

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । धुर्कोट गाउँपालिका १ स्थित घरमा सुतिरहेका खड्कालाई मंगलबार राति १ बजेतिर अचानक रिंगटा लागेपछि उपचारको लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा उनको २ बजे निधन भएको हो । २०२३ साल असारमा धुर्कोट गाउँपालिका...

दुर्घटनाको डिलमा नेकपा

काठमाडौँ । तीन वर्षअघि विपरीत ध्रुवमा रहेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनसहित पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो । त्यो सहमतिका मुख्य योजनाकार थिए– केपी शर्मा ओली र पुष्पकमल दाहाल । त्यही सहमतिको जगमा ‘कमान्ड’ गरेर उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभामा दुई तिहाइ मतसहित गठबन्धनलाई जिताए र पार्टी एकता पनि...