राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न छलफल

तु खबर संवाददाता
२०७७ मंसिर १४, आईतवार १४:३४
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलबीच विकास निर्माणका विषयमा छलफल भएको छ ।

उनीहरुबीच प्रदेशभित्र भएका राष्ट्रिय गौरवका आयोजनालगायत विभिन्न विकासका पूर्वाधारका निर्धारित समयभित्र सम्पन्न कसरी गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

मुख्यमन्त्री निवासमा आज सम्पन्न छलफलमा बागमती प्रदेशका विकट क्षेत्रलाई सुगम बनाउन तथा सङ्घीय सरकार र प्रदेश सरकारबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले मदन भण्डारी मार्गमा निर्माण गरिने सुरुङमार्गलाई समयमै सम्पन्न गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजनालाई सङ्घीय सरकारसँगको सहकार्यमा पूरा गर्न चाहेको बताए ।

उपाध्यक्ष डा कँडेलले योजना सम्पन्न गर्न तीनै तहका सरकारको इच्छाशक्ति र लगन आवश्यकपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*