राजनीति/ समाज
पार्टी फुट्न दिन्नौँ : मन्त्री भट्टराई
फुङ्लिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा...
अध्यक्ष दाहालद्वारा शोक प्रकट
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्ववरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको असामयिक निधनले आफूलाई दुखित बनाएको बताएका छन् । अध्यक्ष दाहालले आज एक शोक वक्तव्य प्रकाशित गर्दै मरहठ्ठाले नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह...
हेटौंडामा ४५ जनाले गरे रक्तदान
मकवानपुर । नेपाल तरुण दल जिल्ला कार्य समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्य समितिले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोरोनाको जोखिमका यथावत रहेको र रक्तसंचार केन्द्र मकवानपुरमा रगत अभाव भएकोले रक्तदान कार्यक्रमको आयोजना गरेको तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गरीले जानकारी दिए । उनका अनुसार,...
प्रधानमन्त्रीबाट किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन
किमाथाङ्का । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री...
कांग्रेस महाधिवेशनमा तदर्थ संस्थाको प्रतिनिधित्व नहुने
काठमाडौँ । कांग्रेसको महाधिवेशनमा आफ्नो अधिवेशन गराउन नसकेका भ्रातृसंस्थाले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । पौडेल पक्षको माग सम्बोधन गर्न सभापति देउवाले बोलाएको अनौपचारिक बैठकमा म्याद सकिएर वर्षौंदेखि तदर्थमा चल्दै आएका भ्रातृसंस्थाले अधिवेशनबेगर महाधिवेशन प्रतिनिधि चयन गर्न नपाउने समझदारी जुटेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अधिवेशनबाट निर्वाचित नभई...
उधारा उखु किसानलाई चिनी मिलले छ वर्षदेखि १ अर्ब २० करोड तिर्न बाँकी
काठमाडौं । उखु किसानले आन्दोलन गरे पनि अझै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। चिनी मिलले विभिन्न बहाना झिकेर पछिल्लो ६ वर्षदेखिको बक्यौता रकममा झुलाएको झुलायै गरेका हुन्। सरकारले गत वर्ष पुसमा बक्यौता उपलब्ध गराउन पहल गरिदिने भनेर किसानसँग सहमति गरेको थियो। तर, एक वर्ष पुग्न लाग्दा...
नेकपाको आन्तरिक विवादको छाया संसद्मा पनि
काठमाडौं । सत्तासीन नेकपाको आन्तरिक विवादको छाया संसदीय समितिमा देखिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पार्टीको आन्तरिक समीकरणअनुसार नेकपाका सांसदहरू विभाजित भएर प्रस्तुत भएका हुन्। एकरुपता ल्याउन भन्दै देशको नाम नेपाल मात्र राख्ने सरकारको निर्णयको पक्षमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरू...
काँग्रेस मकवानपुरले मनायो गणेशमान सिंहको १०६ औं जन्मजयन्ती
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौहपुरुष गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाएको छ । सोमबार नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा लौहपुरुष गणेशमान सिंहको जन्मजयन्ती मनाईएको हो । कार्यबहाक सभापति लामिछानेले नेपाली राजनीतिमा त्याग र साहसको...
काँग्रेस बैठक चौथो पटक सर्यो
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए । उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु होम आइसोलेसनमा रहेकाले बैठक सारिएको...
मनहरीका १८ जना काँग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका –२, ट्याङ्की दमारका १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार हेटौंडा–५ सानोपोखरामा भएको एक कार्यक्रमबीच राप्रपा, नेकपालगायत पार्टी परित्याग गरी मनहरी–२ का १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रम नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति...









