राजनीति/ समाज

ओली, प्रचण्ड र नेपाल शक्ति सञ्चय गर्न गुटगत भेलाको तयारीमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भेला आयोजना गर्ने तयारी गरेको...

दीपक मनाङे भन्छन्– ‘सांसदकी श्रीमती भनेपछि प्रहरी पनि पक्रन डराउँदो रैछ’

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी कान्छी श्रीमती छिदेन डोल्मा लामालाई मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरेको थियो। ३४ वर्षीया लामालाई चोरी मुद्दाको कसुरमा पक्राउ गरिदिन माग गर्दै मनाङे आफैं मकवानपुर प्रहरीमा पुगेका थिए। ‘हेर्नुहोस्, सांसदको श्रीमती भनेपछि प्रहरी पनि डराउँदो रहेछ, पक्राउ गरिदिनुपरो भनी म...

बागमती प्रदेशले सुरु गर्‍यो कर्मचारी भर्ना

मकवानपुर । मुलुक संघीय संरचनामा परिणत भएपछि पहिलोपटक प्रदेशबाट कर्मचारी माग गरिएको छ । बागमती प्रदेश सरकारले निजामती कर्मचारी भर्ना प्रक्रिया सुरु गरेसँगै पहिलोपटक प्रदेशबाट कर्मचारी माग भएको हो । प्रदेश तहमा २ मंसिर ०७६ मा लोकसेवा आयोग गठन भएको थियो । बागमती प्रदेश लोकसेवा आयोग गठन भएको एक वर्षपछि स्थानीय तह...

विपद्पछि विकास निर्माणको स्थितिबारे छलफल

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गरेका छन् । विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरुसँग आगामी दिनमा स्थानीय पूर्वाधार...

प्रचण्डमाथि पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ । अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा...

बागमती प्रदेश सरकारले क्यान्सर रोगका बिरामीलाई अनुदान रकम उपलब्ध गराउने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका विभिन्न प्रकारका क्यान्सर रोगका बिरामीहरुलाई अनुदान रकम उपलब्ध गराउने भएको छ । बुधबार हेटौंडामा बसेको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले प्रदेशभित्र रहेका क्यान्सर रोगका बिरामीहरुलाई थप उपचारको लागि रु ५० हजार अनुदान रकम उपलब्ध गराउने निर्णय गरेकोे सरकारका प्रवक्ता एवम् आर्थिक...

नेकपामा कसको रणनीति के ?

काठमाडौँ । पार्टीको आन्तरिक विवाद सल्टाउने कुनै सूत्र नभेटिइरहेका बेला गृह जिल्ला रूपन्देही पुगेका नेकपा महासचिव विष्णु पौडेलले मंगलबार बुटवलमा पत्रकारहरूसँग भने, ‘एकता भएदेखि नै अप्ठ्यारा र जटिल मोड देखिएका थिए, ती समाधान भए तर अहिलेको परिदृश्यले पृथक् समस्या सिर्जना भएको देखिन्छ । अहिले नेकपाको भविष्य साँच्चिकै कठिन मोडमा पुगेको...

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

काठमाडौं । अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ । बैठक सकिएको केही क्षणमै सचिवालयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको संबोधनको...

५० प्रतिशत नेपाली जनता भन्छन्, राष्ट्रपति र प्रधानमन्त्री भ्रष्टाचारी !

५८ प्रतिशत नेपाली भन्छन्, ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ ।’ एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ । त्यस्तै, २३ प्रतिशत जनताले भ्रष्टाचार घटबढ नभई उही स्तरमा रहेको विश्वास गर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ ।...

मौसमसंँग खिन्न भए स्थानीय जनता

पाँचथर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको सीमाक्षेत्रमा आफूहरूले पाएका दुःखबारे प्रधानमन्त्रीलाई अवगत गराउन चाहेका थिए । तीनतीन पटक प्रयास गर्दा पनि प्रधानमन्त्री चढ्नुभएको...