राजनीति/ समाज

हेटौंडा–१० का ५० जना नेपाली काँग्रेसमा प्रवेश

मकवानपुर । विभिन्न पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं. १० को आयोजानमा भएको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम विभिन्न पार्टी परित्याग गरी ५० जना काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रम काँग्रेस हेटौंडा–१० का...

नेकपा सचिवालय बैठक आज: कस्तो आउला प्रचण्डलाई ओलीको ‘काउन्टर’ जवाफ ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । आजको सचिवालय बैठकमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव ल्याउने बुझिएको छ । ओलीले ल्याउने प्रस्तावलाई यसअघि कात्र्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको काउन्टरको प्रस्तावको रुपमा हेरिएको छ...

देशको मकवानपुरसहित ७७ वटै जिल्लामा मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन

सरकारले क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा कडाइ गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई साताअघि परिपत्र गरी मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन दिएको थियो। त्यहीअनुरूप विभिन्न जिल्लामा स्थानीय प्रशासनले अनुगमन गरी काम गरिरहेका छन्। गृहका प्रवक्ता चक्रबहादुर बुढाले दर्तै नगरी सञ्चालन गरिरहेका, बस्तीलाई असर गर्ने...

ओलीलाई एक्ल्याउनुपर्ने निष्कर्ष

सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । यसै क्रममा इटहरीमा आयोजित दाहाल–नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेको छ । इटहरीको एक...

विभिन्न पार्टी परित्याग गरी ४ सय जना कांग्रेसमा प्रवेश

हेटौंडा /हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी ठूलोथलीमा नेकपा,राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस १३ नम्बर वडा ईकाईको आयोजना र नेपाल तरुण दल हेटौंडा १३ को सहकार्यमा शुक्रबार भएको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेताहरु श्यामबहादुर थिङ्ग र सञ्चलाल...

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उनले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गरे । संविधानले...

बागमती प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् । काँग्रेसको तर्फबाट बागमती प्रदेशमा प्रतिनिधित्व गरेका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले दशैँ भत्तावापत पाउने रु...

मनहरीमा विभिन्न पार्टी परित्याग गरी ७१ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ रुपाचुली फरिवाङमा विभिन्न पार्टी परित्याग गरि ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, जिल्ला सल्लाहकार भरत...

टुट्यो ओली र प्रचण्डबीचको संवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा संवाद टुटेको छ । गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो । त्यसभन्दा...

‘प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेका थिए। तर ट्रान्सपरेन्सी इन्टरनेसनलको...