राजनीति/ समाज
कांग्रेसको प्रदेश समन्वय विभागमा सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका हुन् । कृष्णचन्द्र नेपाली प्रमुख रहेको उक्त विभागको सदस्यहरुमा क्रमशः कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल...
कांग्रेस नेता बानियाँ र भारतका लागि नेपाली राजदुत डा. शर्माबीच छलफल
नयाँदिल्ली । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डाक्टर शंकर शर्माबीच भेटवार्ता भएको छ । उनीहरुबीच भारतको राजदुतावासमा बुधबार विहान भेटवार्ता भएको हो । भेटको क्रममा उनीहरुबीच नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ । भेटमा भारतमा बसेर ब्यवसाय गरिरहेका ब्यवसायीहरुको...
आज चार संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, पूर्वाधार विकास समिति, पूर्वाधार विकास समितिको बैठक र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्नेछ ।...
रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेको जनाइएको छ । त्यसका लागि उनी हिजै (मंगलबार) विमानस्थल हुँदै भैरहवा पुगेका छन् । लामिछाने आज अदालत हाजिर हुने...
‘सत्य–तथ्य सूचना सम्प्रेषण हुँदा मात्र नागरिकले सुशासनको प्रत्याभूति गर्नसक्छ’
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले सत्य–तथ्य सूचना सम्प्रेषण हुँदा मात्र नागरिकले सुशासनको प्रत्याभूति गर्न सक्ने बताएका छन् । प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशको आयोजनामा मंगलबार हेटौंडामा भएको सूचनाको हक प्रर्बद्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री लामिछाने सही सुचनाबाटै सुशासनको परिकल्पना गर्न सकिने भन्दै...
आदिवासी जनजाति आयोगद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौं । आदिवासी जनजाति आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको हो । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् । सो...
राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले यही माघ १८ गते दिउँसो १ बजे बस्ने गरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् । उनले सरकारको सिफारिस अनुसार दुबै सदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सो कार्यालयबाट मंगलबार...
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक बेलुका ४ बजे बस्ने गरी बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पौष तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो ।...
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । यही माघ १९ र २० गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । बैठकमा...
शहिद दिवस मनाउन मूल समारोह समिति गठन
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । सोमबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो । बैठकले यही माघ १४, १५ र १६ गते विभिन्न कार्यक्रमको...










