राजनीति/ समाज

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने

हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, संगठनको उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा, सचिवमा गोपीरमण प्याकुरेल, सह–सचिवमा सविता लामिछाने, कोषाध्यक्षमा भावना सापकोटा र...

कांग्रेसले संसदीय दलको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले यही माघ १३ गते दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक...

‘स्वदेशी हस्तकला र कृषि उत्पादन उद्यमशीलताका महत्वपूर्ण स्तम्भ हो’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले स्वदेशी हस्तकला, कृषि उत्पादन प्रयोग र वितरण उद्यमशीलताका महत्वपूर्ण स्तम्भ रहेको बताए । शुक्रबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा दोस्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम एवम् शैक्षिक मेला २०८१ को उद्घाटन गर्दै प्रदेश प्रमुख देवाकोटाले यस्तो बताएका हुन्...

अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मकवानपुरका मोक्तान

हेटौंडा । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) को केन्द्रीय सदस्यमा मकवानपुरका राजेन्द्रकुमार मोक्तान निर्विरोधन निर्वाचित भएका छन् । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट भुगोल तर्फ मकवानपुरका मोक्तान निर्विरोध निर्वाचित भएका हुन् । क्रान्तिकारीको सम्मेलनबाट भुगोलतर्फ बागमती प्रदेश अन्र्तगतको सिन्धुपाल्चोकबाट हरि पौडेल, रसुवाबाट भुवन थापा मगर, धादिङबाट...

बागमती प्रदेश सभा बैठक आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको १५ औं अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) दिउँसो बसेको बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले यही माघ १८ गते बिहान ११ बजे...

सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको उक्त समितिले यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको...

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

न्यूयोर्क । अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र सयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन याङबीच भेटवार्ता भएको छ । न्यूयोर्क स्थित सयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट...

मकवानपुरगढीको २६२ औं विजय उत्सव मनाइयो

मकवानपुर । ऐतिहासिक मकवानपुरगढीको २ सय ६२ औं विजय उत्सव मनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मा अवस्थित उक्त गढीको बिहीबार एक समारोहबीच विजय उत्सव मनाइएको हो । राज्यमाथि आक्रमण गर्न आएका करिक २५ सय मुगल सेनाका फौजलाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी...

‘हेटौंडाले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्यो’

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले हेटौंडाले स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताएका छन् । लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नवा अस्पताल भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याएपछि सेवा सुधार भएको र...

राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक भोलि माघ ११ गतेदेखि बस्ने भएको छ । माघ १२ गतेसम्म काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको हो । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्ने बैठक बिहान ११ः०० बजेदेखि सुरु हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए...