राजनीति/ समाज
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँँसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी आह्वान गरिएको हो । सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा आउँदो...
हेटौंडामा विद्यालय शिक्षा विधेयक २०८० माथि प्रदेशस्तरीय छलफल
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सपद्यालय शिक्षा विधेयक २०८० माथि प्रदेशस्तरीय छलफल गरिएको छ । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विचाराधीन अवस्थामा रहेको उक्त विधेयकमाथि सोमबार हेटौंडामा छलफल गरिएको हो । छलफलमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल, बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, प्रदेशसभाका...
कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा
काठमाडौँ । नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा फागुन १६ गतेबाट चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता...
रास्वपा संसदीय दल बैठक बोलायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाइएको छ । बैठक यही माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाएको पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए । बैठक दलका उपनेता श्रेष्ठकै संयोजकत्वमा बस्नेछ । सो बैठकमा संसद्को हिउँदे अधिवेशनको विषयमा छलफल हुनेछ...
सत्तारुढ दलको बैठक बस्दै
काठमाडौं । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक साँझ ५ बजे बस्ने गरी आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, सो बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ । सत्तापक्षमा हाल एमाले,...
जसपाले आगामी चैतमा संघीय परिषद् भेला गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी चैतमा संघीय परिषद् भेला गर्ने भएको छ । शनिवारबाट वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले भेला काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको महासचिव मोहम्मद इस्तियाकर राईले जानकारी दिए । मिति र स्थान भने पछि तय गर्ने उनको...
एमालेद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक मंगलबार दिउसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार, संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय...
प्रेस चौतारी बागमतीको अधिवेशन चितवनमा हुने
हेटौंडा । प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन चितवनमा हुने भएको छ । आगामी फागुन ७ गते चितवनमा प्रेस चौतारीको प्रदेश कमिटिको अधिवेशन गर्ने तय भएको बागमती प्रदेश कमिटिका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । अधिवेशनका लागि विभिन्न समिति गठन गरी समिति मार्फत् काम भइरहेको उनले बताए ।...
ल्होछारको अवसरमा राक्सिराङ गाउँपालिकाले तीन दिन विदा दिने
मकवानपुर । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १६, १७ र १८ गते सार्वजनिक विदा दिने निर्णय गरेको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । तामाङ समुदायको बाहुल्यता रहेको...
‘सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भयो’
मकवानपुर । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएको बताएका छन् । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद समेत रहेका उनले मकवानपुरको मनहरीमा रहेको नदी उकाश जमिनमा मध्यवर्तीले काम गर्न नदिएको भन्दै सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएको बताएका हुन् ।...










