राजनीति/ समाज

कोरोना खोपमा कुनै कमी नहोसः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप...

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पारे । उनले भने, “पाँच दलको बैठक...

तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून

तनहुँ । दुई मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का वडा अधिवेशन हालै सम्पन्न भयो । कांग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ । एमाले तनहुँले ६ पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार पालिकामा अधिवेशन हुन...

बागमती प्रदेशः को–को बन्दैछन् मन्त्री ?

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदैछन् । कांग्रेस, माओवादी र जसपाको ५९ सांसदको समर्थन जुटाएर पाण्डेले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दावी पेश गरेका थिए । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ...

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ । एमालेले गत कात्तिक...

राजेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुने, कुमारी मोक्तान पनि मन्त्री बन्दै

मकवानपुर । बागमती प्रदेशमा विहिबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्त गर्ने र सपथ समेत आजै लिने छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली...

सिंहदरबारमा गोली चल्यो

काठमाडौँ । बुधबार सिंह दरबारमा गोली चलेको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ । दाहालको पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको थियो । गोली चलेपनि कुनै क्षति नभएको जनाइएको छ । महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद...

राजेन्द्र पाण्डेद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी एवम् नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावीपत्र बुझाएका छन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ५९ जना सांसदहरुकोे हस्ताक्षरसहित प्रदेश प्रमुख...

बागमती प्रदेश : नयाँ सरकार गठनका लागि गठबन्धनका दलहरुले आजै दाबी पेश गर्ने

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनका दलहरुले आज नै प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका छन् । प्रदेशसभामा आवद्ध गठबन्धनका दलहरु नेकपा माओवादी, नेपाली कँंग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाले सरकार गठनका लागि आजै साँझ दाबी पेश गर्ने भएका हुन्...

बागमती प्रदेशः मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान

मकवानपुर । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा स्वीकृत गरेका छन् । उनले नयाँ सरकार गठनको लागि आह्वानसमेत गरेका छन् । बिहीबार दिउँसो ३ बजेभित्र आफ्नो दावी पेश गर्न प्रदेशसभामा आवद्ध दलहरुलाई आह्वान गरिएको छ । शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क)...