राजनीति/ समाज
नामाकरण र राजधानी टुंगो लागेको खुसीयाली भन्दै मधेश प्रदेशमा आज सार्वजनिक विदा
जनकपुर । मधेस प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसियालीमा आज सरकारले सार्वजनिक विदा दिएको हो । मधेस प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक विदा दिइएको बताए । सोमबार मात्रै...
मन्त्री लामाद्वारा भक्तपुर अस्पताल र आयुर्वेद केन्द्र निरीक्षण
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले भक्तपुरका दुई स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । लामाले भक्तपुर अस्पताल र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको निरीक्षण गरेका हुन् । लामाले भक्तपुर अस्पतालले कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारमा गरिरहेको कामबारे निरीक्षण गरेका छन् । त्यसैगरी जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले प्रवाह गरिरहेको...
युवा संघको आर्थिक विभाग प्रमुखमा मकवानपुरका चौलागाईँ
मकवानपुर । युवा संघको ९ औं महाधिवेशन आयोजक कमिटीको आर्थिक विभाग प्रमुखमा मकवानपुरका सन्तोष चौलागाईं चयन भएका छन् । फागुन ११ गते नेपालगञ्जमा हुने नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पोखरामा भएको सचिवालय बैठकले एमाले केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठनहुँदा...
कोरोना संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा १६ बुँदे आदेश जारी
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुनै पनि भेला, जुलुस, आमसभा जस्ता मानिसको भीडभाड हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि सभा, सम्मेलन जुलुस, आमसभालगायत भीडभाडजन्य कुनैपनि गतिविधिलाई माघ मसान्तसम्म रोक लगाउदै १६ बुँदे आदेश जारी गरेको...
२ नम्वर प्रदेशको नाम ‘मधेश प्रदेश’ तोकियो
जनकपुरधाम । २ नम्वर प्रदेशको नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो । संविधानअनुसार प्रदेशको नाम र...
शहरी विकासमन्त्री झाँक्रीले गरिन् एक सय दिनको काम सार्वजनिक
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिको एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेकी छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन् । उनले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गरेकी छन् । कार्यक्रममा चालु आर्थिक...
२ नम्वर प्रदेशको नामाकरणको लागि गोप्य मतदान शुरु
जनकपुरधाम । २ नम्वर प्रदेशको नामाकरणको लागि गोप्य मतदान शुरु भएको छ । यसअघि आजै प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरेको छ । केहीबेर स्थगित भएर अहिले प्रदेशसभाको दोस्रो बैठक बसिरहेको छ । आइतबार र सोमबारको छलफलपछि...
२ नम्वर प्रदेशको स्थायी राजधानी जनकपुर कायम
जनकपुर । २ नम्वर प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेशसभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै...
२ नम्वर प्रदेशको नामाकरण र राजधानीका लागि आज मतदान हुँदै
काठमाडौँ । प्रदेश नम्वर २ को स्थायी राजधानी तोक्ने र नामाकरण तय गर्ने विषयमा आज मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन आज मतदान हुन लागेको हो । राजनीतिक दल र सांसदहरुको...
पार्टीको नेतृत्वमा एक व्यक्ति एक कार्यकालको व्यवस्था लागु गर्नुपर्छः पाण्डे
मकवानपुर । नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले पार्टीको नेतृत्वमा एक व्यक्ति एक कार्यकाल मात्र रहने व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । हेटौंडामा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै सह–महामन्त्री पाण्डेले एक व्यक्तिले मात्र पार्टीको नेतृत्व गर्दा नयाँ पुस्ताहरु राजनीतिबाट पलायन हुने अवस्था सृजना हुने भएकोले कुनै पनि पदमा...







