एमाले मकवानपुरका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
मंगलबार एमाले मकवानपुरको पार्टी कार्यालय हेटौंडामा भएको कार्यक्रममा अध्यक्ष एकलाल श्रेष्ठलाई निर्वाचन मण्डलका अधिकृत अर्जुन अर्यालले सपथ ग्रहण गराएका हुन् । यस्तै, उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उपसचिव हिदम लामा र सीता विष्टलाई अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराएका हुन् ।
यसैगरी, अध्यक्ष श्रेष्ठले सदस्यहरु क्रमशः जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वा दोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथ ग्रहण गराएका हुन् । एमालेका निवर्तनमान अध्यक्ष तथा अध्यक्ष पदका प्रत्याशी बद्रीप्रसाद लम्सालको अध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर राना, कृष्णप्रसाद दाहालसहितका नेताहरुको आतिथ्यता रहेको थियो । एमाले जिल्ला अधिवेशन गत पुस २३ गतेदेखि सुरु भई २५ गते सम्पन्न भएको थियो ।
